स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् : स्वास्थ्यमन्त्री
काठमाडौँ, भदौ १० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताउनुभएको छ । सोमबार काठमाडौँमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताउनुभयो । उहाँले अस्पतालहरूमध्येमा प्रसूति तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको जिकिर गर्नुभयो ।
मन्त्री पौडेलले अहिलेको साधन स्रोतभित्र रहेर अस्पतालले गरेका कामहरू राम्रो रहेको बताउनुभयो । उहाँले उपलब्ध स्रोतसाधन र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनुभयो । नेपालमा स्वास्थ्यकर्मीहरूको जनशक्ति सीमित रहेको उहाँको भनाइ छ ।
स्वास्थ्यमन्त्री पौडेलले जनशक्ति उत्पादनको दायरा नीतिगत पक्षबाट फराकिलो बनाउन कोसिस गरिरहेको बताउनुभयो । उहाँले तीन सय शय्या क्षमताको सबै अस्पतालमा निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रिया अघि बढाउन सक्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् : स्वास्थ्यमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्