बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १८१ जनाको मृत्यु
काठमाडौं, २ भदौ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १ सय ८१ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेशमा ८ जना, बागमतीमा ३२ जना, गण्डकीमा ५५ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको हो । साथै, काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेशमा ११ जना, बागमतीमा २३ जना, गण्डकीमा ४६ जना, लुम्बिनीमा १५ जना, कर्णालीमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
यसैगरी, काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, लुम्बिनीमा ३ जना, कर्णालीमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेशमा १ जना, बागमतीमा ४१ जना, गण्डकीमा २ जना, लुम्बिनीमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय १० वटा घर, १ सय ७ वटा गोठ, ४९ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ । यस अवधिमा विपद्का घटनाबाट ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पहिरोलगायतका विपद्मा परी हालसम्म १८१ जनाको मृत्यु, #बाढी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्