इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना लाई बिभिन्न कार्यक्रम मार्फत विदाई
इलाम : इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई विभिन्न कार्यालय र संघसंस्थाले विदाई गरेका छन् । मंगलबार इलाम सदरमुकाममा भव्य समारोहकाबीच प्रजिअ तिमल्सिनाको विदाई गरेका हुन् ।
जिल्ला युवा समितिको कार्यालय अध्यक्ष नवराज शंकरको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जिल्लास्थित युवा सम्बद्ध कार्यालय, संघ, संगठन र संस्थाहरुको संयुक्त आयोजनामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बरालसहित इलाम नगरपालिका प्रमुख महेश बस्नेत, जिसस उपप्रमुख चित्रकला बराईली, उद्योग बाणिज्य संघका अध्यक्ष इश्वर चिपालु, इलाम नगर साहित्य, कला, संगित प्रतिष्ठानकी अध्यक्ष टिकादेवी घिमिरे, बुद्धिचाल संघका प्रदेश सदस्य सुरेन्द्र राईले प्रजिअ तिमिल्सिनाको कार्यकुशलताको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।

जिल्ला युवा समितिको कार्यालय इलामको मुख्य संयोजनमा भएको बिदाई कार्यक्रममा आयोजक अनेरास्ववियुका अध्यक्ष प्रवेश पराजुली, अखिल (क्रान्तिकारी) का अध्यक्ष बिपिन पोख्रेल, युवा संजाल नेपालका अध्यक्ष रेशम बराईली, द पियर फाउण्डेशनका अध्यक्ष टिकाराम पुरि, भरोसा नेपाका उपाध्यक्ष कमल दुलाल र क्वीन इलामका अध्यक्ष प्रशान्त गिरिले बिदाई मन्तव्य राखेका थिए ।
बिदाई कार्यक्रमको अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले करिब १६ महिनाको इलाम बसाईको क्रममा सेवा प्रवाहको सिलसिलामा सहयोग गर्नुहुने सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरे ।
युवा अभियान्ता प्रकाश परियारले सञ्चालन गरेको कार्यक्रममा इलाम नगर युवा परिषद्का अध्यक्ष सचिनजंग रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नयाँ बुलन्दबाट साभार
क्याटेगोरी : समाचार
ट्याग : #श्रवणकुमार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्