संखुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण: उर्जामन्त्री खड्का
काठमाडौ, ४ साउन – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले संखुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको बताउनुभएको छ । संखुवासभा–काठमाडौं पत्रकार समाज (एसकाज)ले शनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा संखुवासभाबाट निर्वाचित मन्त्री खड्काले आज स्रोत र साधनले धनी संखुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गनुभयो । उहाँले आफ्नो मुख्यप्राथमिकतामा संखुवासभाको विकास रहेको समेत बताउनुभयो ।

मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनामार्फत उक्त क्षेत्रका जनताको आर्थिक उन्नति गर्न सकिने समेत उल्लेख गर्नुभयो । ‘संखुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नेछु, म धेरै आशा बाँड्दिन संखुवासभाको विज्ञतालाई प्रयोग गरी परिणाम दिने गरी काम गर्नेछु”,उहाँले भन्नुभयो ।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले आफ्नो विज्ञता प्रयोग गरी ऊर्जा क्षेत्रको विकासमा ध्यान दिन मन्त्री खड्कालाई आग्रह गर्नुभयो। उनले संखुवासभाको छविलाई उच्च राख्न मन्त्री खड्कालाई शुभकामना समेत दिनुभयो।

संखुवासभा-काठमाडौँ जर्नालिष्ट एसोसिएसनका अध्यक्ष शंकर खनालले स्रोत साधनले अत्यन्त धनी संखुवासभाको आर्थिक विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले ऊर्जा र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढ्नसके संखुवासभाको विकासले फड्को मार्नसक्ने उल्लेख गर्नुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उर्जा मन्त्री, #दिपक खड्का, #संखुवासभा, #संखुवासभा काठमाडौ पत्रकार समाज एसकाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्