योगेश भट्टराईको एउटा काम:विपक्षीले पनि भने -वाह !
काठमाडौं, १४ भदौ/ओली सरकारका चर्चित मन्त्री योगेश भट्टराईको शनिवारको एउटा सानो काम देश विदेशमा चर्चाको विषय बनेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ ‘संस्कार’को रुपमा आफ्नो मन्त्रालयका प्रगति र योजना प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली काँग्रेस सभापतिलाई सुनाएर समर्थन लिएको तस्विर र समाचार सामाजिक सञ्जालमा भाइरल भएको
छ । विपक्षी र आलोचकहरुले समेत वाह भन्दै तारिफ गर्ने अवस्था भट्टराईले सुरु गरेको संस्कारले पाएको छ ।
शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाको बुढानलीकण्ठ स्थित निवास पुगेर मन्त्री भट्टराईले आफूले सम्हालीरहेका मन्त्रालय र पर्यटन सम्बद्ध राष्ट्रिय गौरवका योजनाको प्रगति र भावी योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।
आफ्नो मन्त्रालयले केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराउँदा पूर्व प्रधानमन्त्री देउवाले राम्रो काममा आफ्नो समर्थन रहेको जनाउनुभएको छ ।
मन्त्री भएर झण्डा हल्लाउँदै हिँडपछि आफ्नै पार्टीका कार्यकर्ता वा विषयविज्ञसमेतलाई वास्ता नगर्ने र गलत व्यक्ति तथा नीजि लाभका सम्बन्धको घेरामा परेर अल्झने संस्कारमा भट्टराईले सुरु गरेको सानो काम लोभलाग्दो राजनीतिक संस्कार भन्दै तारिफ पाईरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्