सिमलताल बस दुर्घटना : नारायणीमा एक पुरुषको शव फेला
चितवन, २९ असार । त्रिशूली नदीमा बेपत्ता भएको बस खोज्ने क्रममा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीबीचमा तैरिरहेको अवस्थामा एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको हो ।
चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । करिब ३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको उहाँले बताउनुभयो । तर मृत भेटिएका व्यक्ति यात्रु हुन् वा होइनन् भन्ने खुल्न बाँकी रहेको छ ।
मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैंकको ऋषिपल साह नामको एटीएम कार्ड पनि भेटिएको छ ।
शुक्रबार चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोले दुई वटा गुडिरहेको बसलाई बगाएर त्रिशूलीमा डुबाउँदा ५० भन्दा बढी यात्रु बेपत्ता भएका छन् । बससहित उनीहरुको खोजी तथा उद्धार बिहानैदेखि गोताखोरसहितको प्रहरी टोली त्रिशूली र नारायणी नदी क्षेत्रमा खटिएका छन् ।
बेपत्ता बस र यात्रुको खोजी गर्न प्रहरीले चुम्बक र वाटर ड्रोन क्यामेरासमेत प्रयोग गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्