सरकारको नजर नपरेपछि टोखा–छहरे सडक मर्मतका लागि कांग्रेसको श्रमदान अभियान शुरु
झोर काठमाडौ । छहरे–टोखा मार्ग बिग्रँदा नुवाकोट हुँदै काठमाडौं जोड्ने छोटो दूरीको आवागमन कठीन बनेको छ ।
प्रशासन तथा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण यात्रीले सास्ती खेप्नुपरेको छ । हिलोमा गडेको गाडीलाई निकाल्न र ठेल्नु सडक यात्रुहरुको दैनिकी जस्तै बनेको छ । पटक पटक सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएपनि सडक मर्मत कार्य सुचारु हुन नसकेको भन्दै नेपाली कांग्रेस नुवाकोटले सडकखण्ड मर्मतका लागि बृहत श्रमदान अभियानको शुभारम्भ गरेको छ ।

काङ्ग्रेसका नेता प्रकाशशरण महत, बहादुरसिंह लामा र धुर्व अधिकारीको सहभागितमा थालनि अभियानमा टोखा नगरपालिकाका विभिन्न वडाको सहकार्य तथा जनताको श्रमदानबाट सडक निर्माण गरिएको सांसद बहादुरसिंह लामाले वताए ।
नेपाली कांग्रेसका नेता , कार्यकर्ता, आमसर्वसाधारण हातमा बेल्चा , कोदालो बोकेर सडकमा ओर्लिएको शनिवारबाट सडक मर्मत अभियानमा जुटेका छन ।

क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्