सरकारको नजर नपरेपछि टोखा–छहरे सडक मर्मतका लागि कांग्रेसको श्रमदान अभियान शुरु

झोर काठमाडौ । छहरे–टोखा मार्ग बिग्रँदा नुवाकोट हुँदै काठमाडौं जोड्ने छोटो दूरीको आवागमन कठीन बनेको छ ।
प्रशासन तथा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण यात्रीले सास्ती खेप्नुपरेको छ । हिलोमा गडेको गाडीलाई निकाल्न र ठेल्नु सडक यात्रुहरुको दैनिकी जस्तै बनेको छ । पटक पटक सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएपनि सडक मर्मत कार्य सुचारु हुन नसकेको भन्दै नेपाली कांग्रेस नुवाकोटले सडकखण्ड मर्मतका लागि बृहत श्रमदान अभियानको शुभारम्भ गरेको छ ।

काङ्ग्रेसका नेता प्रकाशशरण महत, बहादुरसिंह लामा र धुर्व अधिकारीको सहभागितमा थालनि अभियानमा टोखा नगरपालिकाका विभिन्न वडाको सहकार्य तथा जनताको श्रमदानबाट सडक निर्माण गरिएको सांसद बहादुरसिंह लामाले वताए ।
नेपाली कांग्रेसका नेता , कार्यकर्ता, आमसर्वसाधारण हातमा बेल्चा , कोदालो बोकेर सडकमा ओर्लिएको शनिवारबाट सडक मर्मत अभियानमा जुटेका छन ।

क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्