बालेनलाई योगेश भट्टराईको चेतावनी : संयमता नगुमाउनुस्
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मेयर बालेन शाहले संयमता गुमाउँदै गएको टिप्पणी गरेका छन् ।
मेयर जितेर आएपछि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गर्दै उनले भने, ‘तबलाको अर्थ करुणा, प्रेम, सद्भाव हो, तर काठमाडौंका प्रमुखले संमयता गुमाउँदै जानु भएको छ ।’
संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले मेयर शाहको चर्को आलोचना गरे ।
नेताहरूले लडेर ल्याएको लोकतन्त्र हो । यिनै नेताहरूलाई बद्नाम गर्दै हुनुहुन्छ । यो आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाए जस्तै हो । बालेनजीलाई भन्न चाहन्छु, तपाईंको आमा पवित्र हुनुहुन्छ, तपाईंको आमाप्रति शंका नगर्नुस् । तपाईंका गतिविधिले आफ्नै आमाको अस्मितामाथि बारम्बार प्रश्न गर्दै हुनुहुन्छ भने यो समाजलाई तपाईं कता लैजाँदै हुनुहुन्छ ।’
काठमाडौं महानगरको प्रमुख हो भन्ने नभुल्न र कानुनले दिएको सीमामा बस्न आग्रह गरे । यो व्यवस्था ल्याउन मरिमेटेको एमाले र त्यसको नेतृत्वमाथि गालीगलौज नगर्न चेतावनी दिँदै एमाले सचिव भट्टराईले भने, ‘आफैं आकासतिर थुकेपछि त्यो कहाँ झर्छ भन्ने बालेनजीलाई राम्रोसँग थाहा होला ।’
संसद्मा यति बोलेकै कारण आफूमाथि साइबर ग्याङले लखेट्न खोज्न भन्दै उनले नडराउने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्