आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, सार्वजनिक विदा
काठमाडौं, १९ वैशाख । सरकारले आज सार्वजनिक विदा दिएको छ । मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । यस दिवसको अवसरमा देशैभरी विभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ ।
सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ । सोही आन्दोलनका कारण विश्वभरी मजदुरहरूले आठ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, #सार्वजनिक विदा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्