पेट्रोलियम पाइपलाइन : वार्षिक ३ अर्ब बचत हुने
काठमाडौं । मुलुकको सबैभन्दा ठूलो इन्धन डिपो अमलेखगञ्जमा पेट्रोलियम पाइपलाइनबाट इन्धन आउने भएपछि वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी बचत हुने भएको छ ।
भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थ ढुवानीबापत खर्च हुने उक्त रकम बचत हुने भएको हो । पाइपलाइनको माध्यमबाट भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म सिधै पेट्रोल आइपुग्छ ।
हाललाई डिजेलमात्रै आयात गर्नेगरी निर्माण भएको पाइपलाइन अंग्रेजी पात्रो अनुसार आगामी महिना अगस्टमा नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा उद्घाटन हुने आयल निगमले जानकारी दिएको छ ।
डिजेल मात्रै आयात गर्दा पनि वार्षिक ३ अर्बभन्दा बढी रुपैयाँ बचत हुने निगमले जानकारी दिएको छ ।
हाल मोतिहारीबाट अमलेखगञ्जसम्म दैनिक ४ हजार किलोलिटर (४० हजार लिटर) डिजेल आयात हुँदै आएको छ । मोतिहारीदेखि अमलेखगञ्जसम्मको ढुवानी रकम साढे २ रुपैयाँ प्रतिलिटर पर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पेट्रोलियम पाइपलाइन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्