विश्वशान्तिको कामना गर्दै खांदबारीमा आयुअभिषेक पुजा सम्पन्न- (तस्बिरहरु )
खांदबारी — पुर्वको हिमाली जिल्ला संखुवासभाको खांदबारीमा विश्वशान्तिको कामना गर्दै दुई दिने विश्वशान्ति तथा आयुसाधना आराधना पूजा शनिबार सम्पन्न भएको छ । संखुवासभाका बौद्ध धर्मालम्बीका ८ वटा संस्थाहरुको संयुक्त आयोजनामा पूजाको आयोजना गरिएको थियो ।

विश्वमा भइरहेको हिंसात्मक गतिविधिहरुको अन्त्य गर्न र आममानिसहरु शारीरिक तथा मानसिक रुपमा समेत स्वस्थ रहन विश्व शान्तिको कामना गर्दै पूजा आयोजना गरिएको मुख्य आयोजक तथा पहलकर्ता हेल्पिङ हेण्ड्स हेल्थ एण्ड एजुकेसनका संस्थापक वरिष्ठ समाजसेवी नारायण श्रेष्ठले बताउनुभयो ।

पूजामा परम पावन लामा रानग रिन्छेन रिन्पोछे गुरु सहित लुम्बिनीबाट ६ जना मुख्य लामागुरुको उपस्थिती छ । पुजा सुरु हुन अघि लामा गुरुहरुलाई शुक्रबार बाजागााजा सहित खांदबारीको नयांबजार हुंदै नगरको बिभिन्न भाग परिक्रमा गराइएको थियो । हिमाली जिल्ला डोल्पामा पुनर्जन्म हुनुभएको डोल्पोबुद्ध परम पावन लामा रानाग रिन्छेन रिन्पोछेबाट धर्म–देसना स्वरूप चावासुम (लामा–यिदाम–खाण्डोमा अर्थात लामा, इष्टदेव तथा डाकिनी) त्रित्नमूल गुरूहरूको संयुक्त रुप अतियोग महा–रत्न गणचक्रका पवित्र दुई दिवसीय विस्तृत पुजाको आयोजना गरिएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #खादबारी, #पुनर्जन्म, #लामा रानाग रिन्छेन रिम्पोछे, #विश्व शान्ति, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्