Techie IT
सोमबार, माघ २८,२०८१

शुक्रबार देशभर भारी वर्षा हुने सम्भावना


काठमाडौं, १० साउन । जल तथा मौसम पूर्वानुमान महाखाले मनसुनी गतिविधि सक्रिय हुने क्रम विस्तारै कम हुँदै गएको जनाएको छ ।

शुक्रबार देशभर सामान्य बदली भइ केहि स्थानमा सामान्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी र तराई भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी तथा तराई भेगका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले नदी वरपर, नहर छेउछाउ बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतिर रहेकोले मनसुन गतिविधि कमजोर हुने भएपछि वर्षा पनि कम हुने मौसमविदले बताएका छन् ।

शुक्रबार राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने देखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Mist
6:43 am5:52 pm +0545