आज देखि प्रथम भोटखोला महोत्सब हुदै,
खाँदबारी । भाेटखाेला गाउँपालिकाले पहिलाे पटक भाेटखाेला महाेत्सवकाे आयाेजना गर्ने भएकाे छ । भाेटखाेलाकाे सम्भावना, स्थानीय उत्पादन तथा जनजिविकाकाे प्रचार गर्दै माथिल्लाे तहकाे सरकारकाे ध्यानाकर्षण गराउने उद्देश्यका साथ चैत्र ९ बाट महाेत्सवकाे आयाेजना गर्न लागेकाे हाे ।
महाेत्सवकाे अवसरमा अन्तरपालिका स्तरीय भलिबल प्रतियाेगिता र आर्चरी प्रतियाेगिताकाे आयाेजना गरिएकाे छ । त्यस्तै स्थानीय जातजतिकाे झाँकी प्रस्तुती तथा स्थानीय खाद्यबस्तुहरुकाे प्रदर्शनी गरिने भाेटखाेला गाउँपालिका अध्यक्ष वाङ्छेदर भाेटेले जानकारी दिनुभयाे । त्यस्तै महाेत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले पनि प्रस्तुति दिने अध्यक्ष भाेटेले जानकारी दिनुभयाे ।
महाेत्सवमा संघीय सरकारका उपप्रधान तथा भाैतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ प्रमुख अतिथि रहनुहुनेछ । त्यस्तै रक्षा मन्त्री हरिप्रसाद उप्रेती, काेशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, संघीय साँसद दीपक खड्का, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य लगायतकाे उपस्थिति रहने पालिका अध्यक्ष भाेटेले जानकारी दिनुभयाे ।
त्यस्तै जिल्ला भित्रका ९ वटै पालिकाका प्रमुखहरुलाई समेत निमन्त्रणा गरिएकाे र महाेत्सवकै अवसरमा अन्तर पालिका स्तरीय आयाेजना सञ्चालनकाे पहल समेत गरिने उहाँले बताउनुभयाे ।
अध्यक्ष भाेटेले महाेत्सवकाे अवसरमा पालिकावासी तथा अन्य पालिकावासीलाई भाेटखाेला भ्रमणमा आउन समेत आग्रह गर्नुभएकाे छ ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय
ट्याग : #भाेटखाेला गाउँपालिका, #भाेटखाेला महाेत्सव, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्