समाजिक सञ्जालमा अश्लिल शब्दहरुको प्रयोग गर्ने एक जना पक्राउ
खाँदबारी । समाजिक सञ्जालमा अश्लिल शब्दहरुको प्रयोग गरी गाली गलौज गर्ने एक जना पक्राउ परेका छन् । खाँदबारी नगरपालिका–१० चन्दनपुर का २३ वर्षिय प्रज्वल दीप धौलाकोटीले सामाजिक सञ्जालमा अश्लिल शब्दहरु प्रयोगरी गाली गलौज गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकमा हैरानी गर्ने र अश्लिल शब्दहरुको प्रयोग गरी गाली गलौज गरेको अभियोगमा धलौकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक अशोक कुमार जबेगुले जानकारी गराए । चन्दनपुरबाट पक्राउ परेका धलौकोटीले झा (परिर्वतित नाम) लाई फेसबुकमा अश्लिल शब्दहरु प्रयोग गरी हैरानी दिएको बताइएको छ । पक्राउ परेका उनलाई बिद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##युवा पक्राउ, #Cyber crime, #hot, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्