फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
काठमाडौं, माघ २९ गते । सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिविको बिदा कायम नरहेको जनाएको हो ।
गृहका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को २०८० माघ २५ गते बसेको बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिइएको जानकारी दिनुभयो ।
नेपाल राजपत्र (खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी सूचनामा उल्लेख छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #फागुन १ गते सार्वजनिक बिदा छैन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्