आज र भोलि मुग्लिन-नारायणगढ सडक चौबिसै घन्टा खुल्ने
माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि मुग्लिन-नारायणगढ सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको छ।
मुग्लिन-नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले दुई दिन काम रोकेर सडक खुलाइने जानकारी दिए।
मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ। उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो।
यस वर्ष सडक बन्द गरेर काम गर्न सुरु गरिएको शनिबार तीन हप्ता भएको छ।
पुनः २१ दिन दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : ##जिल्ला प्रशासन कार्यालय लमजुङ, #breaking, #मुग्लिन-नारायणगढ सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्