पहिरोका कारण वीपी राजमार्गमा सयौं सवारी साधन अलपत्र ,१८ घन्टादेखि यात्रु पहिरोको जोखिममा चेपिए
काठमाडौं, २८ असार । शुक्रबार आएको पहिरोका कारण वीपी राजमार्गमा सयौं सवारी साधन अलपत्र परेका छन् । अविरल बर्षा भइरहेका कारण यातायातका साधन पहिरोका कारण अवरुद्ध भएका छन् ।
सुमोमाथि ढुंगा खस्दा त्यसमा सवार एक जना चेपिएका छन् । तर प्रहरीले उद्दार गर्न सकेको छैन । सर्वसाधारणका अनुसार खुर्कोट र नेपालथोकको रातमाटे नजिक भएको उक्त दुर्घटना नेपालथोकबाट पुगेको प्रहरीले देखेको थियो । तर, उद्दार नगरी फर्कियो ।
१८ घन्टादेखि यात्रु पहिरोको जोखिममा चेपिएको जीपमा छन् । उनको उद्दारका लागि प्रशासनिक तहबाट कुनै पनि पहल नभएको यात्रु सुरेश सुवेदीले टेलिफोनमा जानकारी दिए ।
आक्रोशित सर्वसाधारणका अनुसार प्रशासनिक निकायले उद्दारका लागि ध्यान दिन सकेको छैन जसका कारण बर्षामा रातभरी बीच बाटोमा नै यात्रुहरू बिचल्लिमा परेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्