टोटनह्यामविरुद्धको खेलमा खेलाडीलाई नियन्त्रण गर्न नसकेको भन्दै सिटीमाथि कारबाही
लण्डन । आइतबार प्रिमियर लिगमा टोटनह्यामसँगको खेलमा खेलाडीहरूलाई नियन्त्रण गर्न नसकेको भन्दै फुटबल एसोसिएसन (एफए) ले म्यानचेस्टर सिटीलाई कारबाही गरेको छ । सो खेलमा सिटी ३–३ गोलको बराबरी खेल्न बाध्य भएको थियो ।
इन्जुरी समयमा ज्याक ग्रिलिस गोल गर्न अघि बढिरहेका बेला रेफ्री साइमन हुपरले फ्रिकिक दिने निर्णय गरेपछि खेलाडीहरूले उनलाई घेरेर विरोध जनाएका थिए । हुपरले सुरुमा सिटीलाई ‘एडभान्टेज’ दिए पनि पछि खेललाई रोकेर फ्रिकिक दिने निर्णय गरेका थिए
सिटीले बिहीबारसम्म यसबारे जवाफ दिनुपर्नेछ । एफएले एक विज्ञप्ति जारी गर्दै साबिक विजेता टोलीले खेलाडीहरूले गलत तरिकाले व्यवहार नगरुन् भनेर सुनिश्चित गर्न नसकेको बताएको छ ।
स्ट्राइकर अर्लिङ हालान्डसहितका खेलाडीहरूले रेफ्री हुपरलाई घेरेका थिए । उनले खेलपछि पनि आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । सामाजिक सञ्जाल एक्समा सो घटनाको क्लिप सार्वजनिक गर्दै उनले आपत्तिजनक भाषाको प्रयोग गरेका थिए । एफएले यसबारे थप कारबाही नगर्ने भएकाले हालान्डले व्यक्तिगत कारबाहीको सामना भने गर्ने छैनन् ।
सिटी प्रियिमर लिगमा बराबरीमा रोकिएको लगातार तेस्रो खेल हो । यसअघि टोली लिभरपुल र चेल्सीसँग बराबरी खेल्न बाध्य बनेको थियो । सिटी अहिले तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको आर्सनलभन्दा टोली ३ अङ्कले पछि परेको छ ।
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्