Techie IT
सोमबार, चैत्र १०,२०८१

एसईई परिक्षाको नतिजा आज


परिक्षा नियन्त्रण कार्यालयले एसईई परिक्षाको नतिजा आज प्रकाशन गर्नका लागि दिउँसो बोर्ड बैठक डाकेको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले यस बर्ष नतिजा ढिला आउन लागेको हो ।

२०७५ सालको एसईई परीक्षा गत १० चैत बाट सुरु भएको थियो । परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:01 am6:18 pm +0545