दुई महिनाभित्र संसद भवनको निर्माण कार्य सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधिन संघीय संसदको भवन दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
मंगलबार शहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसदको मुख्य दुई वटा भवनहरु दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
आफ्नो चासो संसदको आगामी अधिवेशन नयाँ संसद भवनबाट चलाउने रहेको उल्लेख गर्दै उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरु दुई महिनाभित्र जडान गरिसक्न आग्रह गर्नुभएको हो ।
सभामुख घिमिरेले सबै भवनहरुको निर्माण सम्पन्न नभएपनि बैठक बस्ने दुई वटा बैठक कक्षको भने प्राविधिक रुपमा सबै काम सक्ने गरी तयारी गर्न अनुरोध गर्नुभयो । त्यसैगरी उहाँले संसद भवनमा जडान गरिने प्रविधिहरुको बारेमा प्राविधिकहरुले जडान गर्दादेखि नै ज्ञान लिनुपर्ने बताउनुभयो । उहाँले भविष्यमा आइपर्न सक्ने प्राविधिक समस्याहरुको बारेमा प्राविधिकहरुले अहिलेदेखि नै ज्ञान हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।
सहरी विकासमन्त्री सीता गुरूङले संघीय संसद भवनमा नयाँ प्रविधिको जडान गरिने बताउनुभयो । उहाँले भोलिको विश्वसँग तुलना गरेर नयाँ प्रविधिहरुलाई प्राथमिकता दिएर जडान गरिने बताउनुभयो । उहाँले बजेटको सिमिततालाई ख्याल गर्दै सकेसम्म राम्रा प्रविधिहरुको प्रयोग गरिने बताउनुभयो ।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संघीय संसद भवन निर्माणको काममा ७५ प्रतिशत प्रगति हासिल गरिसकिएको बताउनुभयो । उहाँले १२ वटा भवनहरुमध्ये ७ वटा भवनहरुको छाना सम्मको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । बाँकी ४ वटा भवनमा ट्रस्ट निर्माण लगायत छानाको काम अगाडी बढिराखेको उहाँले बताउनुभयो । त्यसैगरी पर्खाल निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको उहाँको भनाई छ ।
महर्जनले अब भवन भित्रको इन्टेरियरको काम सुरु हुने बताउनुभयो । उहाँले भवन निर्माण भइरहेको कारण एसीको काम ११ प्रतिशत मात्रै भएको जानकारी दिनुभयो । आयोजना प्रमुख महर्जनले फर्निचरका लागि नमूना तयार भइरहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #देवराज घिमिरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्