खांदबारीमा कार्तिक २० देखि आमन्त्रित फुटबल प्रतियोगिता हुने
विजेताले नगद २ लाख पाउने ।
खांदबारीमा कार्तिक २० देखि आमन्त्रित फुटबल प्रतियोगिता हुने
खांदबारी । संखुवासभाको स्थानीय क्लब एड्भान्स क्लव मानेभञ्ज्याङ्गले कार्तिक २० देखि खांदबारीमा आठाैं अरुण भ्याली आमन्त्रित फुटबल प्रतियाेगिता आयोजना गर्ने भएको छ । महेन्द्र माध्यमिक विद्यालयकाे खेलमैदानमा प्रतियाेगिता आयाेजना गरिने भएकाे हाे ।

प्रतियाेगितामा जिल्ला भित्र र बाहिरकाे गरि १२ टिमकाे सहभागिता रहने बताईएकाे छ । खेलमा एड्भान्स क्लब मानेभञ्जयाङ्ग (आयाेजक), लाेहाेरुङ क्लव पाङ्मा, खाँदबारी युथ क्लव खाँदबारी, तुम्लिङटार स्पाेर्टिङ्ग क्लव तुम्लिङटार, मिर्मिरे युवा क्लव तामाफाेक, अरुण एड्भान्स क्लव काठ्माण्डाैंकाे सहभागिता रहनेछ ।

त्यस्तै, सेकाहा सामुदायिक क्लव साेकाहा, सित्तलपाटी फुटबल क्लब सित्तलपाटी, काेसी प्रदेश प्रहरी टिम, तीनपाेखरी समाज विकास क्लव खाँदबारी, पन्चकन्या क्लब धर्मदेबी र सभापाेखरी फुटबल क्लव सभापाेखरीकाे सहभागिता रहनेछ ।
प्रतियाेगिताकाे विजेताले नगद २ लाख, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य प्रतियाेगिहरुलाई उनिहरुकाे उपस्थितिकाे आधारमा ब्यवस्थापन खर्च उपलब्ध गराईने मेदिनी घिमिरेले जानकारी दिनुभयाे ।

यस पटककाे प्रतियाेगितामा दर्शकहरुकाे लागत सहभागिता (टिकट) गराईने एड्भान्स क्लवका अध्यक्ष जिल्लामान राईले जानकारी दिनुभयाे । खेलमैदान परिषरमा अस्थायी स्टेडियम निर्माण गर्ने र लागत सहभागितामा सहभागि हुनेहरुलाई मात्र प्रवेश गराईले तयारी गरिएकाे अध्यक्ष राईले जानकारी दिनुभयाे । उहाँका अनुसार दर्शकहरुले प्रत्येक दिन टिकट लिनु पर्नेछ । आयाेजनालाई ब्यावसायिक बनाउन यस पटक निम्नतम् मात्र टिकट दर राखिने उहाँले बताउनुभयाे ।
प्रतियाेगिता कार्तिक २५ गते सम्पन्न हुनेछ । प्रतियाेगिताकाे उद्घाटन वा समापन कार्यक्रममा साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिने आयाेजकले जनाएकाे छ ।

क्याटेगोरी : खेलकुद, फोटो फिचर, समाचार
ट्याग : #hot, #अरुण भ्याली, #एडभान्स क्लब, #खेलकुद, #फुटबल प्रतियोगिता, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्