खांदबारी रनको उपाधी आर्मीलाई (तस्बिरहरु)
खांदबारी। संखुवासभाको स्थानिय क्लब खाँदबारी युथ क्लबले पर्यटन प्रवर्धनका लागि आयोजना गरेको खाँदबारी रन खुल्ला दौडको उपाधी आर्मीका सूर्य बहादुर रोकायाले जितेका छन् ।

१ सय ४९ जना धावकलाई हराउँदै रोकाया पहिलो भएका हुन् । सदरमुकाम खाँदबारीमा आईतबार भएको प्रतियोगितामा आर्मीका नवीन खड्का उपविजेता बने ।

आर्मीकै सुजन विश्वकर्मा तेश्रो भए । त्यस्तै खुल्ला तर्फ प्रसान राई पहिलो, मेघराज राई दोश्रो र स्काई फियाक तेश्रो भए । खुल्ला महिला तर्फ सुनकला राई पहिलो, निला जिमी दोश्रो र निलम विष्ट तेश्रो भएको क्लवका महासचिव सुरेन शाक्यले बताउनुभयो ।

प्रतियोगितामा बिभागीय पुरुष, खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि २ सय ९५ जना सहभागी भएका थिए । बिभागीयमा सहभागीले १० किलोमिटर दुरी पार गरेका थिए । पुरुष र महिला खुल्लाका धावकले ६ किलोमिटर दुरी पार गरेका थिए ।

हरेक विधाका विजेताले सात हजार, उपविजेताले ५ हजार पुरस्कार पाएका छन् । क्लबले दशैको अवशरमा पर्यटन प्रवर्दन गर्न खाँदबारी रन आयोजना गरेको हो ।

क्याटेगोरी : खेलकुद, फोटो फिचर, समाचार, खेलकुद
ट्याग : #खांदबारी युथ क्लब, #खांदबारी रन, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्