निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौं महानगरपालिका
काठमाडौं, २३ असोज । काठमाडौं महानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा सोमबार कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरे । यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइसकेको उल्लेख गर्दै प्रमुख साहले स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउन सम्झौता गरिएको बताए ।
उपप्रमुख सुनिता डङ्गोलले अब रगतका लागि सहज हुने बताइन् । कामपाका जनस्वास्थ्य विभाग प्रमुख पौडेलका अनुसार, उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट रु एक हजार ६० र क्रस म्याच गराउनु परे थप रु दुई सय उपलब्ध गराइनेछ ।
सम्झौताअनुसार महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई रु दुई सय उपलब्ध गराइने छ । रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार सम्झौता बमोजिम कामपाले पहिलो चरणमा रु तीन लाख उपलब्ध गराउनेछ । सेवा लिनका लागि कामपाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्र, बसाइसराइको प्रमाणपत्र, जन्म दर्ता, विवाह दर्ता प्रमाणपत्रमध्ये कुनै एउटा पेश गर्नुपर्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्