वैशाख दोस्रो हप्तादेखि कक्षा १२ को परीक्षा
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन हुने भएको छ। मंगलबार राष्ट्रिय परीक्षा बोर्डले वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो।
परीक्षाफल २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ। परीक्षाफल प्रकाशन भएको ४५ दिनभित्रमा पूरक परीक्षा हुनेछ।
कक्षा ११ को परीक्षा २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने बोर्डले जनाएको छ। कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गते खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ।
कक्षा १२ का लागि भने परीक्षा फाराम पुस १ गते खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाउनुपर्ने बोर्डले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रिय परीक्षा बोर्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्