गृह मन्त्रालयमा सरकार र आन्दोलनरत चिकित्सकबीच छ बुँदे सहमति
सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र आन्दोलनरत चिकित्सकबीच छ बुँदे सहमति भएको छ । हिजो अबेर सरकार र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संर्घष समितिबीच भएको छलफलमा कुटपिटमा संलग्नलाई तीन वर्षभन्दा बढी कैद सजायका लागि कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता सरकारले जनाएको छ ।
उक्त सहमतिपछि चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् । आजेदेखि सबै अस्पतालमा स्वास्थ्य सेवा सुचारु हुने बताइएको छ । डाक्टर कुट्नेलाई कारबाही सम्बन्धी कानुनी व्यवस्थाको निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।
उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको सहमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव र संघर्ष समितिका संयोजकले हस्ताक्षर गरेका छन् ।
आफूहरुमाथि आक्रमण हुन थालेपछि चिकित्सकहरु गत मंगलबारदेखि आन्दोलनमा उत्रिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आन्दोलनरत चिकित्सक, #गृह मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्