हामी विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई पठनपाठनमा फर्किन आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै महामन्त्री थापाले शिक्षकहरुलाई विद्यालय बन्द नगर्न आग्रह गरेका हुन् । उनले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको उल्लेख गर्दै यसलाई आफूहरुले सच्याउने जनाएका छन् । उनले भनेका छन्, ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ।’
उनले संसदमा दर्ता भइसकेको उक्त विधेयकमा भएको कमीकमजोरीहरु केलाएर सुधार गर्ने कर्तव्य र जिम्मेवारी विधायिकाको रहेको उल्लेख गर्दै सबै पक्षसँग घनिभूत छलफल र संवादमार्फत जायज माग सम्बोधनका लागि प्रतिबद्ध रहेको जनाएका छन् ।
‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ,’ उनले भनेका छन्, ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौँ ।’
महामन्त्री थापाले विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबैलाई आग्रह गरेका छन् । साथै सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न पनि शिक्षकहरुलाई उनले आह्वान गरेका छन् । ‘विधेयकमा आएका शिक्षकसँग जोडिएका अन्यायपूर्ण प्रावधानहरुले हामीलाई छोएको छ र छुनुपर्ने सबै पक्षलाई पनि छाएको हुनुपर्छ । यसका लागि संसदमा हामी संघर्ष गर्नेछौँ,’ उनले भनेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गगन थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्