राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न
साउन ८, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक नेकपा (एमाले) जिल्ला कार्यालय सुर्खेतमा सम्पन्न भएको छ ।
“Mission Next Election, Target New Generation” नारा सहित सुरु भएको अभियान अन्तर्गत आयोजित बैठकले महत्वपूर्ण निर्णयहरू गर्दै मातहत कमिटीहरुलाई सशक्त बन्न निर्देशन गरेको छ । कर्णाली प्रदेशको कमिटीगत संरचना र गतिविधिहरूलाई थप सृजनात्मक र प्रभावकारी बनाउँदै गतिशील कमिटीहरुलाई सुदृढ बनाउने निर्णय गरको छ ।
बैठकले कर्णालीका सबै स्थानिय तहमा संगठन विस्तार गरि ५० हजार सदस्यता वितरण गर्ने निरेणय गरेको छ ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कडेल, गुलावजंग शाह, लक्ष्मी पोखरेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रकाश गौतम, महासचिव सुमन पुरी लगायतले भनाई राख्नु भएको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेश, #राष्ट्रिय युवा सघं, #राष्ट्रिय युवा संघ नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्