तारकेश्वरमा ४० भन्दा बढी स्काउटरहरुको सहभमगिता सम्पन्न भयाे स्काउटर भेला तथा अभिमुखिकरण कार्यक्रम
काठमाडौँ असार २४ । स्थानीय स्काउट कार्यालय तारकेश्वर नगरपालिकाले स्काउटर भेला सम्पन्न गरेको छ ।
सनिवार तारकेश्वर ४ मा रहेको सृजना ज्ञानसागर स्कुलमा सम्पन्न भेलामा तारकेश्वर नगरपालिकाका विभिन्न विद्यालयका ४० भन्दा बढी स्काउटरहरुको उपस्थिति थियो । तारकेश्वर नगर स्काउटका संयोजक तथा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेतले नगरमा रहेका सम्पुर्ण स्काउटरहरुलाई सक्रिय बनाउनु तथा स्काउटरहरुको अभिमुखिकरण गराउनु भेलाको मुख्य उदेश्य रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश स्काउटका सल्लाहकार तथा ककनी अन्तरास्ट्रिय तालिम केन्द्रका संयोजक केशरत्न बज्राचार्यले राज्यको संरचना अनुसार स्काउटको पनि संरचना रहेकाले स्थानीय स्तरमा सन्चालित सम्पुर्ण स्काउट गतिविधिहरु स्थानीय स्काउट कार्यलय मातहतबाट सन्चालित हुनुपर्नेमा जोड दिनुभयो । साथै सम्पुर्ण स्काउटरहरुलाई सबै प्रकारका मतभेद त्यागी आपसमा भाईचारा तथा भगिनत्व कायम राखी अघि बढ्न पनि उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रमको दोस्रो चरणमा, सहभागी स्काउटरहरुलाई समूहमा विभाजन गरि विभिन्न क्रियाकलापहरु गराउनुका साथै स्काउटमा समस्या,चुनौती अनि केन्द्र देखि स्थानीय तहले अबका दिनमा अघि बढाउनु पर्ने कार्यक्रमको बारेमा छ्लफल गरिएको थियो । सोही क्रममा स्थानीय संयोजक बस्नेतले सहभागी स्काउटरहरुलाई आआफ्नो इकाईहरुलाई समयमै अध्यावधिक गर्न तथा सहि ढंगले संचालन गर्न निर्देशन पनि दिनुभयो ।
यस्ता किसिमका अभिमुखिकरण कार्यक्रम तथा भेलाले स्काउटरहरुको मनोबल बढ्नुको साथै कार्य क्षमतामा पनि वृद्धि हुने सहभागी स्काउटरहरुले अनुभूति गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #news, #स्काउटर भेला तथा अभिमुखिकरण कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्