न्यायाधीशलाई अदालतमै जुत्ता प्रहार
काठमाडौं असार १०। न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले गत शुक्रबार जिल्ला अदालत काठमाडौंमा श्रीमानमाथि जुत्ता प्रहार गरेकी थिइन् । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरी पक्राउ परेकी छिन् ।
आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् । त्यसकै पेशी बुझ्न जाने क्रममा आफैंले लगाएको जुत्ताले श्रीमानलाई हानेकी थिइन् ।
न्यायको माग गर्दै आरती आजबाट आमरण अनशनमा बसेकी छिन् । यही क्रममा उनी सहयोगी बिनु यादवसहित काठमाडौं महान्यायाधीवक्ताको कार्यालयमा प्रदर्शनका लागि पुगेकी थिइन् ।
सेतो सारी र खुट्टामा चप्पल नलगाइ महान्यायधीवक्ता कार्यालय अगाडि धर्ना दिन खोज्दा प्रहरीले उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्यायो । आरतीसँगै बिनु पनि पक्राउ परेकी थिइन् । दुवैलाई आजै छोड्ने तयारी थियो । तर, त्यही बेला पूर्वन्यायाधीस गिरी पनि त्यहाँ पुगेका थिए ।
गिरीले अदालतमा जुत्ता खाएपछि प्रहरीमा श्रीमतीविरुद्ध अभद्र व्यवहारमा मुद्दा हालेका छन् । त्यसकै ताकेताका लागि उनी सिंहदरबार वृत्त पुगेका हुन् । त्यहाँ श्रीमतीसँग उनको जम्काभेट भएको थियो । प्रहरीकै अगाडि उनले श्रीमतीलाई तथानाम गाली गरेको स्रोतले बतायो ।
गिरीले आरतीमाथि आफूले अभद्र व्यवहारमा मुद्दा दिएका उनलाई रिहा नगर्न प्रहरीलाई दवाव दिए । गिरीको दवावपछि प्रहरीले आरतीलाई रिहा गरेन । उनलाई सिंहदरबार वृत्तकै हिरासतमा राखेको छ । आरतीले हिरासतमा नै अनशनलाई निरन्तरता दिएकी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #news, #अदालतमै जुत्ता प्रहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्