राष्ट्रिय आदिबासी जनजाति महिला महासंघद्धारा भूमिअधिकार सम्बन्धी मिडियासँग छलफल कार्यक्रम सम्पन्न
संखुवासभा, १५ जेठ—संखुवासभाको सदरमुकाम खाँदबारीमा राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ (निफ)द्धारा भूमिअधिकार सम्बन्धी मिडियासँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ (निफ)ले संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त परियोजनाको पावारहाउस गृहमा भूमि अधिकारका बिषयमा काम गरेको र सो बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरेको हो ।
निफले अरुण तेस्रोको प्रवेश मार्ग छयाङकुटी—पुखुवा, पावारहाउस गृह लगायतका क्षेत्रमा अध्ययन गरेको र सो क्षेत्रमा मुआब्जा, छुट जग्गा लगायातको बिषयमा धेरै मानिसहरु पिडीत रहेको पाइएको कार्यक्रममा बताएका थिए । निफले सन् २०२० देखि ०२३ सम्म तीन बर्ष अरुण तेस्रोेको पावारहाउस गृह चिचिला गाउँपालिका वडा नं. १, २ र ३ मा भूमिअधिकारको बिषयमा काम गर्दै आएका छन् ।
यूरोपियन यूनियनको सहयोगमा राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ (निफ)ले संचालन गरेको सो परियोजनाको अन्तिम चरणमा पुगेको राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ (निफ)का महासचिव शोभा सुनुवारले कार्यक्रममा जानकारी दिइन् । उनले तीन बर्षे कार्यकालको अन्तिम चरणमा आईपुगेको बताउर्दै अब छिटटै सम्बन्धित निकायमा पुग्ने गरि अन्तिम रिर्पोट, डकुमेन्ट्री लगायतको काम सम्पन्न हुने र त्यो जिल्लाका निकाय, फोनिज लगायतका संघसंस्थाहरुलाई समेत उपलब्ध गराउने बताईन् ।
जल, जमिन र जंगलमा आदिबासी जनजातिहरुको अपनत्व भएपनि बिस्तारै मासिदैं गएको प्रति चिन्ता ब्यक्त गर्दै जनजातिहरुको आदिमथलो, प्रथाजनित संस्थाहरु मासिदैं गएको उनको भनाइ थियो ।
कार्यक्रममा प्रभावित क्षेत्रका अगुवा कुमार गुरुङले अरुण तेस्रोले स्थानीयलाई धेरै पीडा दिएको बताएका थिए । उनले ७ बर्षअघि देखि गरिएको लडाई अन्तिम चरणमा आएको र सरकारले अहिले छुट जग्गाको प्रतिरोपनी ११ लाख ७५ हजार रुपैया दिने निर्णय गरेपनि अझै केही जग्गाहरु नसमेटिएको प्रति गुनासो गरे ।
कार्यक्रममा पत्रकारहरुले निफ र पिडीतको अवस्थाका बारेमा खुल्ला रुपमा विभिन्न छलफल समेत गरेका थिए । कार्यक्रममा निफले हालसम्म गरेको प्रगतिका बारेमा कार्यक्रम संयोजक हिरा तामाङ्गले प्रस्तुतीकरण गरेका थिइन् ।
कार्यक्रममा पत्रकार महासंघ संखुवासभाका शाखाका अध्यक्ष इन्द्र गिरीले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) संखुवासभाका अध्यक्ष नवीन गुरुङले सो प्रभावित क्षेत्रमा भूमिमा महिलाहरुको अधिकारको बिषयमा राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ (निफ)ले मुद्धा उठाएको भन्र्दै धन्यवाद दिएका थिए । उनले महिलाहरु माथि हुने घरेलु र परियोजनाहरुबाट हुने हिंसाका बिषयमा कसैले उठाउन नसकेको भन्र्दै स्थानीय रुपमा मिलापत्र हुन दुःखत भएको धारणा राखेका थिए ।
महिलाहरुको बिषयमा संवेदनशील भएर निफले मुद्धा उठाउनुपर्नेमा अध्यक्ष गुरुङले जोड दिएका थिए ।
आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) संखुवासभाका अध्यक्ष नवीन गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव ध्यान कुलुङले संचालन गरेका थिए ।
राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ (निफ) को आयोजना र स्थानीय ब्यबस्थापन आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) संखुवासभाले गरेको थियो ।
#नबिन
क्याटेगोरी : समाचार
ट्याग : #मिडियासँग छलफल, #राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्