थुनिएको अरुण नदि आठ घण्टा पछि आफ्नै धारमा फर्कियो (फोटोफिचर)
बिनोद बहादुर बाम
संखुवासभा — जिल्लाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थल फ्याक्सिन्दामा सुख्खा पहिरो खसेपछि थुनिएको अरुण नदी आठ घण्टापछि आफ्नै धारमा फर्किएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार आइतबार दिउँसो २ बजेर ४५ मिनेटमा नदी आफ्नै धारमा फर्किएको हो । आइतबार बिहान ७ बजेर ४५ मिनेट जाँदा सुक्खा पहिरो खसेपछि अरुण नदी थुनिएको थियो । अरुण तेस्रो आयोजना निर्माणका क्रममा २६ मिटर अग्लो बाँध निर्माण भइसकेको छ ।

अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । २६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब २ किलोमिटर पानी ताल भएर बसेको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरुण नदी छेउछाउका वस्तिका बासिन्दालाई सजग हुन आग्रहसमेत गरेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाइडको काम पनि ठप्प भएको छ ।

निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि ड्याम साइडबाट नदीको पानी फर्काइएको हो । सुख्खा पहिरो भने नियमित झरिरहेको छ । घटनास्थलमा प्रहरी, सशस्त्र र नेपाली सेना सक्रिय छन् ।





क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #breaking, #hot, #अरुण तेश्रो, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्