कहिले हट्ला तुवाँलो – तुम्लिङटार बिमानस्थल (फोटोफिचर)
संखुवासभामा दस दिन देखि हवाई सेवा बन्द
संखुवासभा, खांदबारी, ६ बैशाख – पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थललाई बाक्लो तुवाँलोले ढाकेपछि दश दिन देखि उडान अवरुद्ध भएको छ । गएको चैत्र २७ गते देखि बुद्ध एयरलायन्सले उडान भर्न नसकेको हो । उडान भर्न नसके पछि यात्रुहरु अलपत्र पर्ने गरेका छन् । उडानका लागि भिजिबिलिटी कम भएपछि दैनिक उडानहरु अवरद्ध हुँदै आएको तुम्लिङटार विमानस्थलले जनाएको छ ।

उडान नभएपछि जहाजबाट काठ्माण्डौ जाने यात्रुहरु अलपत्र परेका छन् । जहाजबाट उडान भर्न लागेका कोही यात्रु सडक मार्गबाट गन्तव्यमा पुग्ने गरेका छन् भने कोही विमानस्थल खुल्ने दिन पर्खेर बसेका छन् । सडक मार्ग असुरक्षित हुने भन्दै हवाई उडानको लागि हप्तौ अघि टिकट बुकिङ् गरेर बसेका यात्रुहरुले अहिले बसको यात्रा गर्नु परेको छ । हवाई सुबिधा नभएपछि बढि जसो बिरामीहरु त्यसको मारमा परेका छन् ।

जिल्लाको एकमात्र तुम्लिङटार विमानस्थलमा नियमित उडान नहुँदा छिमेकी जिल्ला भोजपुरका समेत आधा भागका सर्वसाधारणहरु प्रभावित भएका छन् ।

क्याटेगोरी :
फोटो फिचर,
विशेष,
समाचार
ट्याग : #hot, #तुम्लिङटार बिमान स्थल, #तुवाँलो, #संखुवासभा, #हवाईसेवा बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्