वर्तमान सत्ता गठबन्धन अर्ग्यानिक हो, भत्काउनचाहिँ विदेशी लागिपरेका छन् : योगेश भट्टराई
फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सत्ता गठबन्धन अर्ग्यानिक भएको भएका छन् ।
नेकपा एमालेको पहल र अग्रसरतामा नेकपा माओवादी केन्द्रसहितको सात दल सम्मिलित वर्तमान सत्ता गठबन्धन नेपालको मौलिक भए पनि भत्काउन भने विदेशीहरू लागिरहेको उनले बताएका छन् ।
आज शनिवार प्रेस चौतारी कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव भट्टराईले सत्ता गठबन्धन विदेशीले नभएर नेपाली माटोबाटै बनेको दाबी गरेका हुन् । ‘यो गठबन्धन बनाउन कुनै विदेशीहरूको भूमिका छैन । हामीले बनाएका हौँ । नेपाली माटोबाटै उत्पादन भएको हो । यसमा कुनै रासायनिक मल राखिएको छैन । तर, अहिले भत्काउन चाहिँ विदेशीहरू सक्रिय भएको सुन्दैछौं,’ भट्टराईले भने ।
उनले प्रचण्ड आफै एमालेलाई खोज्दै आएका कारण गठबन्धन निर्माण भएको दाबी पनि गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्