समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि : सभामुख घिमिरे
काठमाडौँ। सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताउनुभएको छ ।
शहीद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो धारणा राख्नुभएको हो । “नेपाली जनताको अधिकार प्राप्तिको सङ्घर्षमा चार शहीदको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु”, घिमिरेले भन्नुभएको छ, “उहाँहरुकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएका छौँ ।”
घिमिरेले नेपालमा मूलतः राजनीतिक सङ्घर्षको समय सकिएर विकास र समृद्धिको समय आएको पनि सो सन्देशमा बताउनुभएको छ । उहाँले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसके मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देवराज घिमिरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्