प्रदेश स्तरीय रेजिना रनिङ्गशिल्ड प्रतियोगिताको सम्पुर्ण तैयारी पुरा
खांदबारी, माघ १२ – संखुवासभाको खाँदबारीमा लामो समय देखि आयोजना गरिँदै आएको प्रदेस स्तरिय रेजिना रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिताको तैयारी पुरा भएको आयोजकले जनाएको छ
आज संखुवासभाको खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको आयोजक संस्था सुर्य सेकेन्डरी बोर्डिङ्ग स्कुलका अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिए । माघ १८ देखि २१ गते सम्म संचालन हुने प्रतियोगितामा प्रदेश १ का १४ ओटै जिल्लाका खेलाडीहरुको सहभागिता रहने खेल संयोजक तिर्थराज पन्तले बताए ।
संखुवासभाको खाँदबारी स्थीत सुर्य सेकेन्डरी बोर्डिङ्ग स्कुलको आयोजनामा २०५६ साल देखि नै यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
पत्रकार सम्मेलनलाई जानकारी गराउँदै उनले प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद २ सय १० तोलाको चाँदीको रनिङ्ग शिल्ड ट्रफी, जनही ३ तोला चाँदिको मेडल, दितिय हुनेलाई ५५ हजार ५ सय ५५ नगद, ट्रफि र जनही २ तोला चाँदिको मेडल, तेश्रो हुने टिमलाई ३३ हजार ३ सय ३३ नगद, ट्रफी र जनही १ तोला चाँदिको मेडल पुरस्कार दिईने जानकारी गराए ।
२१ लाख १ हजार ९ सय ६० अनुमानित खर्च रहेको प्रदेश स्तरिय रेजिना कप पुरुष भलिवल प्रतियोगिताको उद्घाटन अर्थात प्रदर्शन खेलमा काठमाण्डौका न्यु डायमण्ड एकेडेमिक क्लवका खेलाडीहरुले समेत भलिवल खेल कौशल प्रदर्शन गर्ने आयोजक सुर्य सेकेण्डरी बोर्डिङ्ग स्कुलका अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिए ।
उनले बिगत देखि नै रेजिना कप भलिवल प्रतियोगिताले १४ जिल्लाका खेलाडीहरुलाई जिल्लामा निमन्त्रणा गरेर प्रतियोगिताको आयोजना गर्दैआएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
सहभागि टिमलाई उचित यातायात र आवाशिय ब्यवस्था सहित आयोजना गरिएको १ नं. प्रदेश स्तरिय रेजिना कप प्रतियोगिताले खेल कौसलको बिकास र खेलाडीलाई प्रोत्साहनका साथै आन्तरिक पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्दै आएको श्रेष्ठको भनाई छ ।
आगामी दिनमा पुरस्कार राशिलाई क्रमश बृद्धि गर्दै यस प्रतियोगितालाई राष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा स्थापित गर्न आफु लागिपरिरहेको उनको भनाई थियो ।

क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #खादबारी, #नारायण श्रेष्ठ, #रेजिना रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्