मन्त्रालयमा मन्त्री गिरीको स्टन्ट, राज्यमन्त्री कार्कीसँग मतभेद
काठमाडौं । गत ३ माघमा स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्री बनेका नेकपा एमालेका नेता पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की बिच मतभेद शुरु हुन थालेको छ । मन्त्री पदम गिरीले आफु अनुकुल निर्णय गर्ने र कर्मचारी पनि आफु अनुकुल चलाउन थालेपछि केहि नयाँ गर्छु भन्ने उर्जाका साथ राज्यमन्त्री बनेकी कार्कीको योजनामा धक्का लाग्ने देखिएको छ । अहिले नेकपा एमाले निकट कर्मचारी दिनहुँ जसो मन्त्रालयमा कार्कीको बारेमा मन्त्री गिरीलाई कुरा लगाउँदै गरेको भेटिन्छन् । जसरी हुन्छ कार्कीलाई असफल बनाउन गिरी तत्पर रहेको स्रोत बताउँछ ।
‘मन्त्री गिरी प्राबिधिक रुपमै कसरी हुन्छ कार्कीलाई पेन्डुलम बनाएर राख्ने भन्ने बिषयमा स्वास्थ्य क्षेत्र निकटका मान्छेहरुलाई बोलाउदै सल्लाह लिने गरेका छन्,’ मन्त्रालयमै कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा बताए । त्यसो त अहिले स्वास्थ्य मन्त्रालय मन्त्री गिरीले भन्दा पनि हाल गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका खगराज अधिकारीका निकट मानिने युवा संघ उपाध्यक्ष रामजी सापकोटाले चलाउने गरेको बताइन्छ ।
मन्त्री गिरीको सचिवालय नै नबनिसकेको अवस्थालाई खेल्दै सापकोटाले मन्त्रालयका कर्मचारीलाई ‘म स्वकीय सचिव’ बन्ने कन्फर्म भईसकेको र नियुक्ति भएपछि सबैलाई देखाइदिने भन्दै डर देखाउन थालेको कुरा एक कर्मचारीले पोखे । बिभिन्न मेडिकल माफियाहरुसँग राम्रै सम्बन्ध रहेका सापकोटाले गोप्य रुपमा मन्त्रीलाई ति माफियासँग भेटाउने र कार्कीलाई असफल बनाउने योजनामा लागेको कुराको अहिले मन्त्रालयमा चर्चा हुने गरेको छ ।
तर मन्त्री गिरी भने आफ्ना भाई लक्ष्मण गिरीलाई स्वकीय सचिव बनाउन चाहेको बुझिएको छ । यता सापकोटाको जिद्दीपनले मन्त्रीलाई काम गर्न नै सकस भइरहेको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको माहोलबाट तर्सिएको एमालेले कार्कीले राम्रो काम गरेको खण्डमा आफ्नो मन्त्री छायाँमा पर्ने भन्दै एमालेले आफ्नो साइबर सेना समेत स्वास्थ मन्त्रालय केन्द्रित गरेको छ । मन्त्री गिरी समेत सस्तो लोकप्रियताका लागि क्यान्टिनमा खाना खाएकोदेखि कोशी अस्पताल घटनाका पिडितका बाबुलाई फोन फोन सम्पर्क गरेको कुरा समेत टिकटकमा हाल्न भ्याएका छन् ।
अझ अचम्मको कुरा त् के छ भने पिडितका बाबुलाई सम्पर्क गरेको भिडियो मन्त्रीकै कार्यकक्ष बनाईको भिडियो हो । यसबाट के प्रस्ट हुन्छ भने साइबर सेना हरसमय मन्त्रीकै कार्यकक्षमा बस्दो रहेछन् । सस्तो लोकप्रियता खोज्ने मन्त्री गिरीको सामाजिक संजाल स्टन्ट र राज्यमन्त्री डा. कार्कीको रोक्ने योजना कत्तिको सफल हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #डा. तोसिमा कार्की, #पदम गिरी, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग, #स्वास्थ्य राज्यमन्त्री, #स्वास्थ्यमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्