चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही
काठमाडौं । नेकपा (एमाले) ले चुनावमा असहयोग गर्ने नेतामाथि कारबाही गर्ने भएको छ ।
पार्टी प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वयरपरामर्श कमिटीको वैशाख १० गते बसेको बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
‘अनुशासनको आधारमा मातहत कमिटीबाट कारबाहीमा परेका र निर्वाचनमा घोषितरुपमा अर्को पार्टीलाई सघाएका सदस्यहरूको बारेमा आवश्यक निर्णय लिने,’ महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर तल्लो तहमा पठाएको ८ बुँदे निर्देशनमा भनिएको छ।
यस्तै, बैठकले मृत्यु भएका, पार्टी छोडेको घोषणा गरेका र दोहोरो पार्टीमा सदस्यता रेकर्ड भएकाहरूको नाम अध्यावधिक गरी नेकपा (एमाले) को सदस्यताको रेकर्डबाट नाम हटाउने निर्णय गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्