गृह मन्त्रालयले जारी गर्यो प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापनका लागि कार्यविधि
काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को पदस्थापना वा सरुवा गर्ने सम्बन्धी कार्यविधि जारी गरेको छ ।
मन्त्रालयले बिहीबार सिडिओको पदस्थापन वा सरुवा वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि, २०७९ जारी गरेको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले यसरी सिडिओसम्बन्धी पहिलो पटक कार्यविधि बनेको जानकारी दिनुभयो । कार्यविधि जारी भएसँगै अधिकृतले स्थायी ठेगाना भएको जिल्लाको सिडिओ बन्न नपाउने भएका छन् ।
यसअघि पनि अधिकृतलाई आफ्नो गृह क्षेत्रमा खटाउँदा पूर्वाग्रही हुने भन्दै व्यावहारिक रुपमा खटाउने गरिएको थिएन । अब भने कुनै एक प्रदेशमा एक अवधि पूरा गरेका अधिकारीलाई पुनः सोही प्रदेशको अर्को जिल्लामा नखटाउने कार्यविधि बनेको छ ।
गृहले कार्यसम्पादन मूल्यांकन अनुसार कर्मचारीहरूको मूल्यांकन गर्छ । मूल्यांकनकै आधारमा पनि सिडिओलाई अर्को जिल्लाको जिम्मेवारी दिने÷नदिने भन्ने टुंगो लाग्ने छ । सिडिओको कार्यसम्पादन सम्झौता मूल्यांकनमा ९० प्रतिशतभन्दा कम अंक ल्याउने अन्तिम तीनमा रहेका अधिकृतलाई तत्काल अर्को जिल्लाको जिम्मेवारी नदिइने कार्यविधिमा उल्लेख छ ।
यस्तै, विभागीय सजाय पाएको भए सो अवधिभर वा विभागीय कारबाहीको प्रक्रिया नटुंगिएसम्म सिडिओको जिम्मेवारी दिइने छैन । राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)का सिडिओ रहने पदमा प्रथम श्रेणीका कर्मचारी उपलब्ध हुन नसक्ने भएमा द्वितीय श्रेणी (उपसचिव)लाई पठाइने पनि कार्यविधिमा उल्लेख छ । तर उक्त पदमा खटाउँदा द्वितीय श्रेणीका अधिकृत भएर पाँच वर्ष कार्यअनुभव हुनुपर्ने भनिएको छ ।
कार्यविधिमा ६१ वटा जिल्लालाई क, ख र ग मा वर्गीकरण गरेको छ । उपसचिवलाई सिडिओ बनाउँदा पनि ग वर्गको जिल्लामा खटाइने उल्लेख छ । क वर्गको जिल्लामा काठमाडौं, कास्की, कैलाली, चितवन, झापा, पर्सा, बाँके, मकवानपुर, मोरङ, रुपन्देही, ललितपुर र सुनसरी छन् ।
ख वर्गमा इलाम, उदयपुर, कञ्चनपुर, कपिलवस्तु, काभ्रे, गोरखा, तनहुँ, दाङ, धनुषा, धादिङ, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), नुवाकोट, पाल्पा, बर्दिया, बारा, भक्तपुर, महोत्तरी, रौतहट, बागलुङ, सप्तरी, सर्लाही, स्याङ्जा, सिन्धुपाल्चोक, सिरहा, सिन्धुली र सुर्खेत छन् ।
त्यस्तै, ग वर्गमा अछाम, अर्घाखाँची, ओखलढुंगा, खोटाङ, गुल्मी, जाजरकोट, जुम्ला, डडेल्धुरा, डोटी, दैलेख, दोलखा, धनकुटा, पर्वत, पाँचथर, प्युठान, बैतडी, भोजपुर, रामेछाप, रोल्पा, लमजुङ, सल्यान र संखुवासभा छन् । सहसचिवलाई पहिलो पटक सिडिओको रूपमा खटाउँदा ख वा ग वर्गको जिल्लामा खटाउने कार्यविधिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गृह मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्