राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा स्वाथ्य मन्त्रालय पनि,तोसिमा मन्त्री बन्दै
काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसको लागि आज उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ५ घण्टा लामो छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्ड भर्खरै बालकोटबाट बाहिरिएका छन् ।
आज साँझ सत्ता गठबन्धनको बैठक डाकिएको छ । ओलीसँगको भेटमा प्रधानमन्त्री दाहालले मन्त्रालय भागबण्डाबारे करिब करिब सहमति जुटाएका छन् । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार अहिले सर्वाधिक चासोका साथ हेरिएको स्वास्थ्य मन्त्रालय भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । रास्वपाले यसअघि नै शिक्षा र स्वास्थ्य मन्त्रालय मागेको थियो ।
तर, प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको सहमतिबमोजिम रास्वपालाई स्वास्थ्य मन्त्रालय दिईएको हो । रास्वपाबाट स्वास्थयमन्त्रीको लागि दुई जनाको नाम चर्चामा छ । ललितपुर–३ बाट जितेकी डा. तोसिमा कार्की र समानुपातिक सांसद डा. चन्दा कार्कीले स्वास्थ्य मन्त्रालयमा आफ्नो दाबी पेश गरेका छन् । सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री छन् । उनले पार्टीभित्र छलफल गरेर नै सहमतिको आधारमा मन्त्री बनाउने बताईसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. तोसिमा कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्