सरकारसंग वार्ताका लागि यस्ता छन विप्लवको शर्त
काठमाडौं, ४ वैशाख । प्रश्न उडाइएको छ, सत्तारुढ नेकपा नेतृत्वको विश्वसनीयतामाथि । शर्त तेर्स्याएको छ, शक्तिकेन्द्रका प्रतिनिधिसहितको गोलमेच । तर, सरकारी बुझाई छ, यो सब अल्मल्याउने र खेलाउने चालबाजी मात्रै हो । विप्लव नेतृत्वको सशस्त्र नेकपालाई वार्ताको माध्यमबाट राजनीतिक मूलधारमा ल्याउने या हानेररतानेर सिध्याउने गरी दुई किसिमका बुझाई छन् ।
सायद, यस्तै विरोधाभाषपूर्ण नीति र भूमिकाबाट विश्वस्त हुन नसकेर हुनुपर्छ, विप्वलहरुले खबर पठाएका छन्, केपी, प्रचण्ड, माधव– यी तीनैजनाका प्रतिनिधिसहितको वार्ता टोली बन्छ भने हामी कुरा गर्न सक्छौं ।
अक्सर विद्रोहीहरु सत्ताका कमजोरीसँग फाइदा लिने रणनीतिमै हुन्छन् । तत्कालीन माओवादी केन्द्रका नेता पनि विप्लवका सन्दर्भमा दुई किसिमको बुझाई राख्छन् । प्रचण्डहरु फकाइफुल्याई ल्याउनुपर्नेमा, बादलहरु ठोकेरै सिध्याउनुपर्नेमा ।
सरकारले जिल्लास्तरका सामान्य कार्यकर्तालाई पनि नछाड्ने भएपछि एकसाता एकहप्ता अघिसम्म सम्पर्कमा रहेका नेताहरुले पनि काठमाडौं छाडेका छन् । राजधानी छाड्नु हुनुपूर्व केन्द्रीयस्तरका एकजना युवा नेताले भनेका थिए, ‘यो आँधी अघिको सन्नाटा पनि हुनसक्छ ।’
कोहीकोही पार्टी प्रवेश वा मूलधारको शान्तिपूर्ण राजनीतिको माध्यमबाट हैन, आत्मसमर्पणको शैलीमा आउनुपर्ने अर्को हठी बुझाईमा हुँदा उपत्यकास्थित विप्लव माओवादीका सबैजसो नेता–कार्यकर्ता घोषित रुपमै भूमिगत छन् ।
सरकारी बुझाईलाई पूर्वाग्रही मान्दा पनि उनीहरु वार्ता भइहाले कार्यान्वयनको सहजताका निम्ति प्रत्याभूमि खोजेको अर्थमा लिन सकिन्छ । जनआस्था साप्ताहिकमा खबर छ ।
क्याटेगोरी : समाचार
ट्याग : #विप्लवको शर्त
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्