Techie IT
सोमबार, चैत्र १०,२०८१

डाक्टरहरुको आन्दोलन होइन रडाको हो : मन्त्री पण्डित


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनप्रति असहमति जनाउँदै विरोध गरिरहेका चिकित्सकहरुको आन्दोलन रडाको भएको बताएका छन् ।

सरकारी डाक्टरहरुको माग संविधान र संघीयता विरोधी भएको मन्त्री पण्डितले बताए । सुदूरपश्चिम प्रदेश भ्रमणको सिलशिलामा धनगढी पुगेका मन्त्री पण्डितले बुधबार प्रदेश पार्टी कार्यालय धनगढीमा बोल्दै यस्तो बताएका हुन् ।

मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारी र डाक्टरलाई सरकारले कारबाही गर्ने प्रक्रिया अगाडि बढाई सकेको चेतावनी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #डाक्टरहरुको आन्दोलन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:01 am6:18 pm +0545