नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन
काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका हुन् ।
विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था अनुसार बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूले कार्यविधिमा तोकिए अनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने विज्ञप्तिमा उल्लेख छ।

क्याटेगोरी : समाचार
ट्याग : #गृह मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्