फिफा विश्वकप २०२२ को फाइनल आज हुँदै, विजेताले कति पाउँछन् ?
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल आज हुँदै छ ।
कतारको दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।
सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुवै टोली दुई पटक च्याम्पियन भएका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । यसैगरी फ्रान्सले सन् १९९८ र २०१८ उपाधि जितेको हो ।
कतार विश्वकप खेल मात्रै हैन, यसबाट विजयी हुनेले ठुलो आर्थिक पुरस्कार रकम समेत प्राप्त गर्छन् । विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ । विजेताले ४ करोड २० लाख डलर पाउने फिफाले जनाएको छ ।
यसैगरी, उपविजेताले ३ करोड डलर, तेस्रो हुनेले २ करोड ७० लाख डलर र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन्।
क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख डलर, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख डलर र समूह चरणबाटै बाहिरिनेले बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #फिफा विश्वकप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्