सत्ताका लागि अवाञ्छित गतिबिधि गर्दैनौं: गोकर्ण बिष्ट
बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारमा जाने कुरा एमालेको प्राथमिकताको विषय नभएको प्रष्ट पार्नुभएको छ । बुटवलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सचिव बिष्टले एमालेका लागि सरकार नभई जनताको सेवा प्राथमिकतामा रहेको बताउनु भयो ।
‘सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय होइन तर, सरकार गठनको प्रक्रियाबाट भने एमाले भाग्दैन,’ सचिव बिष्टले भन्नुभयो, ‘लोकतन्त्रको मर्यादा र भूमिकालाई कायम राख्दै संसदीय अभ्यासलाई सम्मान गर्छौं तर, त्यो भन्दैमा सबै प्रक्रियाबाट टाढा हुँदैनौं। जनताको भावनालाई शिरमा राखेर काम गर्छौं ।’
सचिव बिष्टले वाम पार्टीको नामबाट राष्ट्रियता, स्वतन्त्रता स्वाधिनताको अपमान गर्ने, समृद्धिको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने बताउनु भयो ।
‘हामी लोकतन्त्रको मूल्य र मान्यतालाई केन्द्र भागमा राखेर सरकार निर्माणमा लाग्ने छौं,’ सचिव बिष्टले भन्नुभयो । उहाँले बिष्टले एमालेलाई दिएको जनमत प्रतिपक्षमा बस्नको लागि भएकाले सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि नगर्ने पनि प्रष्ट पार्नुभयो ।
बिष्टले भन्नुभयो, ‘सरकार निर्माणका लागि एमालेलाई हतारो छैन ।’ उहाँले यसपटकको निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको उल्लेख गर्दै एमालेले जनताको त्यो म्यान्डेटलाई शिरमा राखेर काम गर्ने अडान दोहोर्याउनु भयो । एमालेको भूमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेर जवाफ दिएको उहाँको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोकर्ण बिष्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्