विश्वकप फुटबल: उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै
काठमाडौं । विश्वकप फुटबल २०२२ अन्तर्गतको फाइनल खेल आज फ्रान्स र अर्जेन्टिनाका बीच हुँदै छ । फाइनल खेल आज राती नेपाली समय अनुसार ८ः४५ बजे कतारको लुजेल आइकोनिक रंगशालामा हुनेछ ।
फ्रान्सले मोरक्को र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । फ्रान्स र अर्जेन्टिना दुवैले यस अघि दुई पटक विश्वकप फुटबलको उपाधि जितिसकेका छन् ।
अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ को विश्वकप जितेको थियो भने फ्रान्सले सन् १९९८ र सन् २०१८ को विश्वकप उपाधि जितेको छ ।
यसै गरी विश्वकप फुटबल अन्तर्गतको तोस्रो उपाधिका लागि हिजो भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
विश्वकप फुटबलको फाइनलसँगै आज साँझ विश्वकप फुटबल २०२२ को समापन समारोह हुँदैछ ।
१५ मिनेट लामो समापन समारोहले विश्वकपमा गीत,सङ्गीत र खेलले कसरी विभिन्न देश,संस्कृति र भाषा भएका मानिसलाई एकै ठाउँमा ल्याउँछ भन्ने कुरा देखाइने फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।विश्व प्रख्यात गायक र सङ्गीतकारहरूले आज हुने समापन समारोहमा प्रस्तुती दिंदैछन् ।
विश्वकपकै फाइनलको दिन आज आयोजक राष्ट्र कतारले आफ्नो राष्ट्रिय दिवश मनाउँदै छ । कतारको राष्ट्रिय दिवसमा आज त्यहाँका अमिर शेख तमिम विङ अल थानीको नेतृत्वमा विश्वकपसँगै अन्य कार्यक्रम हुनेछन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै, #विश्वकप फुटबल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्