विश्वकप फुटबल: तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को खेल्दै
काठमाडौँ ।कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भोलि क्रोएसिया र मोरक्को प्रतिस्पर्धा गर्ने भएका छन् ।
सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० गोलले पराजित भएको क्रोएसिया र फ्रान्ससँग २–० ले पराजित भएको मोरक्को तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन ।
खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भोलि राती पौने ९ बजे सुरु हुने छ ।
२१ औँ विश्वकपको उपविजेता क्रोएसिया यस पटक भने अर्जेन्टिनासँग पराजित भयो ।
मोरक्को भने पहिलो पटक विश्वकप फुटबलमा दक्षिण अफ्रिकी राष्ट्रबाट सेमिफाइनल पुग्न सफल भयो ।
आइतबार हुने फाइनलमा साविक विजेता फ्रान्सले अर्जेन्टिनाको सामना गर्ने छ ।
यस्तै फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुने फाइनल खेल पोल्यान्डका रेफ्री सिमोन मार्सिनियाकले खेलाउने भएका छन् ।
मार्सिनियाकलाई पोल्यान्डकै पावेल सोकोलिनच्की र टोमास्ज लिस्त्कीविच्जले सहायक रेफ्रीको भूमिकामा साथ दिने भएका छन् ।
यस्तै भोलि क्रोएसिया र मोरक्कोबीच हुने तेस्रो स्थानको खेलका लागि कतारका अब्दुल रहमान अल जसिम मुख्य रेफ्री रहनेछन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #विश्वकप फुटबल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्