सविन फुयाँल हत्या प्रकरण: दोषीलाई कारबाही गर्न माग गर्दै नेबिसंघको प्रदर्शन
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ३ मा पाँचमाने निवासी २१ वर्षीय सविन फुयाँललाई टिपरले ठक्कर दिएर घाइते भएकालाई आक्रमण गरी हत्या गरेको भन्दै नेबिसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर कलेज नेपालटारको आयोजनामा आज विरोध प्रदर्शन गरेका छन् ।
पीडित परिवारलाई न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै आज बालाजु बाईसासमा प्रदर्शन गरेका हुन् ।
२१ वर्षीय सविन फुयाँललाई मंसिर २५ गते राति ९ बजे महालक्ष्मी एण्ड बलामी सप्लायर्सको बा ५ ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएको थियो । त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँटीमा साबेलले आक्रमण गरेर हत्या गरेको पीडित परिवारको दाबी छ ।
दुर्घटनास्थलभन्दा करिब २० मिटर पर बालुवामा शव गाड्न लाग्दा स्थानीयले देखेपछि टिपरवालाहरु भागेका थिए । टिपरको स्टेरिङ, अगाडिको हृयाण्डल र चक्कामा रगतका टाटा देखिएको भन्दै दुर्घटनापछि कर्तव्य गरी हत्या गरेको भन्ने आफूहरुको निष्कर्ष रहेको बताए ।
उक्त घटनापछि टिपर व्यवसायीले सिन्धुलीका शिव वि. क. लाई नक्कली चालक खडा गरी बालाजु प्रहरीमा पठाएको र प्रहरीले केरकार गर्दा ऊ नक्कली चालक प्रमाणित भएको पाइएको छ । त्यसपछि प्रहरीले महालक्ष्मी एण्ड बलामी सप्लायर्सका सन्चालक र उनका भाइलाई नियन्त्रणमा लिएको थियो ।
आन्दोलनको केहि प्रदर्शनकारीहरु घाइते भएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #एन आर कलेज, #ग्रामीण आदर्श बहुमुखी क्याम्पस, #तारकेश्वर नगरपालिका, #महालक्ष्मी एण्ड बलामी सप्लायर्स, #सविन फुयाँल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्