अग्रज पत्रकार गंगा बिष्ट ‘शंखरत्न पत्रकारिता पुरस्कार’ बाट सम्मानित
धर्मदेबी । संखुवासभाका अग्रज पत्रकार गंगा बिष्टलाई शंखरत्न पत्रकारिता पुरस्कार–२०७९ प्रदान गरिएको छ । बिहिवार नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको ११औं साधारणसभाको अवसरमा विष्टलाई नगद ११ हजार १११ रुपैयाँ, प्रमाणपत्र सहित दोसल्ला ओढाएर प्रदेश नं. १ का नवनिर्वाचीत साँसद विदुर लिङथेपले पुरस्कार हस्तान्तरण गरेका थिए ।

यो पुरस्कारले पत्रकारिता क्षेत्रको गरिमा बढाएको प्रदेश साँसद लिङथेपले बताए । उनले यस्ता पुरस्कारले नयाँ पिढीलाई हौसला दिने र अग्रजहरुलाई आफूले गरेको कामको सम्मान पाएको अनुभूति हुने साँसद लिङथेपले बताए ।
पुरस्कार प्राप्त गरेपछि बिष्टले आफुलाई अझै ऊर्जा र हौसला बढेको प्रतिकृया दिए । उनले आफू जीवनभर पत्रकारिता क्षेत्रमा नै समर्पित भईरहँदा अझै हौसला बढेको बताए ।

पत्रकार महासंघ संखुवासभाको बुधबार र बिहिबार दुई दिन सम्म धर्मदेवी नगरपालिकाको मुढे बजारमा संचालन भएको थियो । पुरस्कृत बिष्ट पत्रकार महासंघ संखुवासभाका संस्थापक सदस्य हुन् । उनी लामो समय विभिन्न पत्रपत्रिका र नेपाल टेलिभिजनको संवाददाता भएर काम गरेका थिए । विष्ट जिल्लाका पुराना र अग्रज पत्रकार मध्येमा पर्दछन् । उनी सशस्त्र द्धन्द्धको समयमा ३ महिना समाचार लेखेकै बिषयमा जेल समेत परेका थिए ।
बिष्टको हिमाली जिल्ला संखुवासभामा रेडियो स्थापनामा विशेष योगदान छ । हाल संखुवासभाको उत्तरी क्षेत्रको दुर्गम क्षेत्र मकालु, भोटखोला र सिलिचोङ गाउँपालिकाहरुलाई लक्षित गरि मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा रेडियो सांग्रिला स्थापना गरि सोही रेडियोमा कार्यरत छन् ।

संखुवासभामा त्रिरत्न सञ्चार गृह प्रालिले पत्रकार महासंघको समन्वयमा यसबर्ष देखि शंखरत्न पत्रकारिता पुरस्कारको स्थापना गरेका हुन् । जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक लाख ११ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरिएको संस्थापक त्रिरत्नका अध्यक्ष जेनी शाक्यले जानकारी दिईन् । शाक्य परिवारले हजुरवुबाको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।
उक्त रकमको ब्याजबाट प्रत्येक बर्ष एक जना सक्रिय पत्रकारलाई ११ हजार १११ रुपैयाँको दरले नगद र सम्मानपत्र प्रदान गरिने अध्यक्ष शाक्यले बताईन् ।

उक्त साधारणसभा कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खडका, प्रदेश नं. १ का अध्यक्ष लिलाबल्भव घिमिरे, पुर्व प्रदेश साँसद पदमकुमारी गुरूङ, धर्मदेवी नगरपालिकाका मेयर उदयचन्द्र पौडेल, पत्रकार महासंघ संखुवासभाका संस्थापक अध्यक्ष तथा गोरखापत्र संस्थानका पुर्वअध्यक्ष डा. मातृकाप्रसाद तिम्सिना, पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य उद्धत तिम्सिना, पत्रकार महासंघका सल्लाहकार, पदाधिकारीहरु लगायतको उपस्थिति रहेको छ ।
क्याटेगोरी : फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #त्रिरत्न सन्चार गृह, #दिपेन्द्र शाक्य, #पत्रकारिता पुरस्कार, #शंखरत्न पत्रकारिता पुरस्कार, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्