तारकेश्वरमा टिपरको ठक्कर पश्चात घाँटीमा साबेलले हानेर हत्या गरेको सविनलाई न्याय दिन माग गर्दै प्रदर्शन
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ३ मा पाँचमाने निवासी २१ वर्षीय सविन फुयाँललाई टिपरले ठक्कर दिएर घाइते भएकालाई आक्रमण गरी हत्या गरेको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् ।
पीडित परिवारलाई न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज बिहान र्याली निकालेर प्रदर्शन गरेका हुन् ।
२१ वर्षीय सविन फुयाँललाई मंसिर २५ गते राति ९ बजे महालक्ष्मी एण्ड बलामी सप्लायर्सको बा५ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएको थियो । त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँटीमा साबेलले आक्रमण गरेर हत्या गरेको पीडित परिवारको दाबी छ । ‘टिप्परले ठक्कर दिएपछि कर्तव्य गरेर मारेको भन्ने हाम्रो निष्कर्ष हो, दोषीलाई सर्वस्वसहित जन्मकैद हुनुपर्छ,’ मृतकका दाजु नाता पर्ने जयराम घिमिरेले भने ।
दुर्घटनास्थलभन्दा करिब २० मिटर पर बालुवामा शव गाड्न लाग्दा स्थानीयले देखेपछि टिपरवालाहरु भागेका थिए । उनले टिपरको स्टेरिङ, अगाडिको हृयाण्डल र चक्कामा रगतका टाटा देखिएको भन्दै दुर्घटनापछि कर्तव्य गरी हत्या गरेको भन्ने आफूहरुको निष्कर्ष रहेको बताए ।
उक्त घटनापछि टिपर व्यवसायीले सिन्धुलीका शिव विकलाई नक्कली चालक खडा गरी बालाजु प्रहरीमा पठाएको र प्रहरीले केरकार गर्दा ऊ नक्कली चालक प्रमाणित भएको पाइएकोसमेत घिमिरेले बताए । त्यसपछि प्रहरीले महालक्ष्मी एण्ड बलामी सप्लायर्सका सन्चालक र उनका भाइलाई नियन्त्रणमा लिएको थियो । तर टिपर चालक, सहचालक लगायत कोही पनि पक्राउ परेका छैनन् ।

तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्यालले टिपर चालक फरार रहेको र अझै पक्राउ नपरेको बताए । उनले पीडित परिवारले दोषीलाई कारबाहीको माग गर्दै वडा कार्यालय अगाडि प्रदर्शन गरिरहेको र आफूले घटनाको सत्य तथ्य पत्ता लगाउन सहजीकरण गरिरहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टिपरको ठक्कर पश्चात घाँटीमा साबेलले हानेर हत्या, #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्