पोर्चुगललाई हराउने मोरक्को फ्रान्सको लागि कत्तिको चुनौती ?
काठमाडौँ । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्स र मोरक्को खेल्दैछन् । कतारको अल बायत स्टडियममा बुधबार राति पौने १ बजे खेल सुरु हुनेछ ।
मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई र फ्रान्सले इङ्ल्याण्डलाई हराएर अन्तिम चारको यात्रा तय गरेको हो । जारी विश्वकपमा मोरक्को एकमात्र अपराजित टोली हो । समूह चरणमा क्रोएसियासँग बराबरीमा खेलेको मोरक्कोले बेल्जियम र क्यानडालाई हरायो । क्वार्टरफाइनलमा उसले स्पेनलाई पेनाल्टीमा पराजित गर्यो ।
फ्रान्सले समूह चरणमा डेनमार्क र अष्ट्रेलियालाई हरायो भने ट्युनिसियासँग पराजित भयो । नकआउटमा पोल्याण्डलाई हराएको फ्रान्सले क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई पराजित गर्यो ।
फ्रान्स र मोरक्कोले यसअघि ११ पटक खेलेपनि विश्वकपमा एक अर्कासँग पहिलोपटक खेल्न लागेका हुन् । यसअघि भएका औपचारिक र अनौपचारिक गरी ११ खेलमध्ये ७ वटामा फ्रान्स विजयी भएको छ भने तीन वटा खेल बराबरीमा सकिएका छन् । एउटा खेल मोरक्कोले जितेको थियो ।
दुई देशबिच अहिलेसम्म औपचारिक रुपमा ५ वटा खेल भएकोमा ३ वटामा फ्रान्स विजयी हुँदा एक खेल बराबरीमा र एक खेल मोरक्कोको पक्षमा रहेको छ । फ्रान्ससँग भएका खेलमा मोरक्को कमजोर देखिन्छ तर उसका पछिल्ला प्रदर्शन हेर्दा यसपटक नतिजा उल्टाउन सक्ने अनुमान पनि गरिएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #विश्वकप फुटबल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्